२०७६ को कुरा। झरीको मौसम थियो। बागमती पुल माथि हिँड्दै थिएँ। झमझम पानीले उर्लेको नदीको भेल किनारमा असरल्ल ठडिएका सुकुम्वासी झुपडीहरुका आँगन आँगन हुँदै बग्दै थियो। त्यहाँका वासिन्दाहरु माझ भेलको उर्लाइले गर्दा कोलाहलमय वातावरण सिर्जेको थियो। यो देख्दा मनमा ‘जगल्टे’ जन्मियो र यो कथा ‘जगल्टे घर फर्किन्छ’ फुर्न पुग्यो। लेखेँ तर कतै प्रकाशित भने गरिनँ। आफ्नै वेबपेजमा मात्रै सीमित रहन दिएँ। तर सुरज न्यौपाने भाइले अँध्यारो कुनोबाट खोतलखातल गरि निकालेर आफ्नो ओजिलो वाचनले यो कथालाई जीवन्त बनाई दिए। सुरज भाइलाई मुरी मुरी धन्यवाद छ। मलाई लाग्छ यो कथा उनको मोहक आवाजले सुन्दर बन्न पुगेको छ।
Facebook Comments