सन् २००१ मा एउटा हलिउड सिनेमाले सबैको ध्यान तान्न सफल भयो । जसले एउटी नायिकालाई रातारात स्टार बनायो। साथै यस सिनेमाका मद्दतले कम्बोडियालाई Angkor Wat मन्दिरका अलावा पर्यटन मुकामको एउटा अभिन्न गन्तव्यका रुपमा छुट्टै तवरले स्थापित गर्न मद्दत गर्र्यो। हुन त कम्बोडिया खमेरुजको अत्याचारको पराकाष्ठा killing fields को पर्यायका रुपमा यस नै अघि परिचित थियो, जहाँ कम्बोडियाली बीस लाख भन्दा बढि नागरिकको निर्मम हत्या गरिएको थियो, पोल पोटका पालामा।
हलिउड सिनेमा “टुम रेडर: लारा क्रफ़्ट” को छायांकन यसै स्थानमा भएको थियो, जहाँ म तल्लो फोटोमा उभिएको देखिन्छुु (अनि माथिल्लो फोटोमा उही स्थानमा खिंचिएको सिनेमाको एउटा फोटो क्लिप पनि राखेको छु, एक अर्का संग दांज्नका लागि)। यस सिनेमाकी नायिका एन्जेलिना जोलीलाई यसै सिनेमाबाट धेरैले चिन्ने मौका पाए। एक किसिमले भन्ने हो भने उनी यसै सिनेमाबाट स्थापित भए। यो सिनेमा छायांकनका समयमा स्थानीय जनताबाट ठूलो बिरोध भाको थियो, ऐतिहासिक एवं धार्मिक स्थानमा गैह्र नागरिक व्यक्तिहरुको खुल्लमखुल्ला प्रवेश तथा मनोमानी प्रयोगको विषयलाई लिएर। तर यसै सिनेमाले आज उक्त स्थान पर्यटकिय क्षेत्र बनेको छ। फलत: Angkor Wat नजिकै रहेको यो “टा प्रोम” भनिने मन्दिर अब “टुम रेडर” मन्दिरका नामले प्रख्यात छ।
फेसबुकमा पोष्ट गरेको मिति: २०७५ मंसिर ३ सोमबार