धमिल्याउनु छ याद …
जन्म भएको होला कहिं कसैको आज,
मर्नेहरु पनि त हुंदो हो कतै।
खुशीमा झुमि रम्ला कोहि त,
आंसुको धारा बग्दो हो कतै।
माया मोहको बन्धनै अतिसार भो,
संसारी रित नैं यस्तै।
याद धमिल्याउनु नैं जाति हुन्छ पो,
जब बाटो मोडिन्छ अन्तै।
(फेसबुकमा पोष्ट गरेको मिति: २०७४ भाद्र १५, आइतबार)
***
यात्री हुँ म हिंडिरहन्छु, थाक्न कहाँ पाउँछु र
बग्ने नदी बगिरहन्छ, छेक्न कसले सक्छ र।
यादहरु आईरहन्छ, रोक्न कसले सक्छ र।
यात्री हुँ म हिंडिरहन्छु, थाक्न कहाँ पाउँछु र
नदी तर्छु, याद बोक्छु… ठीकै छ… जिन्दगी कति नै लामो छ र।
(फेसबुकमा पोष्ट गरेको मिति: २०७३ कार्तिक १७, बुधबार)
***
A Deja Vu
Sometimes when I reach somewhere,
It seems familiar, though been there never.
Maybe the flowery smells recall some memories,
Maybe then it is the damp gentle breeze.
Maybe it is the reminiscence,
Of untold stories with not much ado.
Or maybe it’s just another flash of strange deja vu.
(Date of post on Facebook: 2075 Asar 27, Wednesday)